भावपूर्ण श्रद्धाञ्जली तथा जानकारी

स्व. मनमाया हुक्पाचोङबाङ थाङदेन

Lalhang Thalang - किरात याक्थुङ चुम्लुङ यूके आसफोर्ड शाखा

9/27/20261 min read

🕊️ मलामी जाने सूचना तथा जनशक्ति आह्वान 🕊️

स्वर्गीय मनमाया हुक्पाचोङबाङ थाङदेनको अन्तिम संस्कार कार्यक्रम निम्न मिति, समय र स्थानमा हुने तय भएको जानकारी गराइन्छ।

📅 मिति: ८ अक्टोबर २०२६, बिहीबार

📍 स्थान: Bybrook Cemetery, Kennington, Ashford, TN24 9JX

⏰ कार्यक्रम समय

* 09:10 hrs – मलामी तथा शोकाकुलजनहरू लाइनमा उपस्थित हुने

* 09:15 hrs – शववाहन तथा शोकसन्तप्त परिवारजनको आगमन

* 10:30 hrs – पार्थिव शरीरको अन्तिम संस्कार गरिने.

जनशक्तिका लागि नाम दिनुहुन अनुरोध

मलामी तथा अन्तिम संस्कार कार्यक्रमलाई व्यवस्थित रूपमा सम्पन्न गर्न सहयोग गर्न इच्छुक महानुभावहरूले कृपया आफ्नो नाम WATSAPP GROUP मा टिपाउनुहुन अनुरोध गर्दछौँ।

हाम्रो कार्यभार

1. मलामीको लाइन व्यवस्थापन तथा चोख्याउने

2. उपस्थिति नामावली लेखन तथा व्यवस्थापन

3. अन्तिम संस्कार कार्यक्रम सञ्चालन

4. आवश्यकतानुसार परिवारजन तथा उपस्थित मलामीहरूलाई सहयोग गर्ने

यूकेमा रहनुभएका सम्पूर्ण दाजुभाइ, दिदीबहिनी, आफन्तजन, इष्टमित्र तथा लिम्बु समुदायका महानुभावहरूलाई उपस्थित भई दिवंगत आत्माप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।

स्वर्गीय मनमाया हुक्पाचोङबाङ थाङदेनज्यूको आत्माले चिरशान्ति प्राप्त गरून्।

भावपूर्ण श्रद्धाञ्जली।

किरात याक्थुङ चुम्लुङ यूके

आसफोर्ड शाखा

दुःखद् खबर

नेपालमा पुर्ख्यौली घर ताप्लेजुङ, मेरिङ्गदेन गाउँपालिका भई मोरङ, पथरी–शनिश्चरे तथा हाल धरान–११ निवासी, भूपू EX 7 GR 21139825 SGT स्व. आशबहादुर थाङदेनको धर्मपत्नी स्व. मनमाया हुक्पाचोङबाङ थाङदेनको मिति १४ अगस्ट २०२६, शुक्रबार साँझ ५:०० बजे, बेलायतस्थित William Harvey Hospital मा ९१ वर्षको उमेरमा असामयिक निधन भएको दुःखद् खबरले किरात याक्थुङ चुम्लुङ यूके, आसफोर्ड शाखा अत्यन्त मर्माहत भएको छ।

यस दुःखद् घडीमा दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै चिरशान्तिको कामना गर्दछौँ। साथै शोकसन्तप्त परिवारजनमा यस अपूरणीय क्षति सहन गर्ने शक्ति, धैर्य र साहस प्राप्त होस् भनी तागेरा निङ्वाफुमाङ सँग प्रार्थना गर्दछौँ।